आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि

आइतबार, १४ असार २०८३, ०३ : ४०
आइतबार, १४ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पहिलो हाफ सकिँदा क्रोएसियाले घानाविरुद्ध १–० को अग्रता लिएको छ ।
  • क्रोएसियाका लागि मिडफिल्डर पेटार सुचिचले खेलको ३१औँ मिनेटमा गोल गरे ।
  • नकआउट चरणमा पुग्नका लागि क्रोएसियालाई यो खेल जित्नै पर्ने दबाब छ ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को अन्तिम तथा निर्णायक भिडन्तको पहिलो हाफ सकिँदा क्रोएसियाले घानाविरुद्ध १–० को महत्त्वपूर्ण अग्रता बनाएको छ ।

फिलाडेल्फिया स्टेडियममा भइरहेको ‘गर या मर’ को यस खेलमा क्रोएसियालाई अग्रता दिलाउन मिडफिल्डर पेटार सुचिचले गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको ३१औँ मिनेटमा सुचिचले उत्कृष्ट फिनिसिङ गर्दै बललाई जाली चुमाएका थिए ।

त्यसयता घानाले बराबरी गोल फर्काएर खेलमा फर्कने प्रयास गरे पनि पहिलो हाफको निर्धारित समयसम्म सफल हुन सकेन ।

नकआउट चरणमा प्रवेश गर्नका लागि क्रोएसियालाई यो खेल जित्नै पर्ने दबाब छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप