यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंककाअनुसार आज आइतबार विदेशी मुद्राको नेपाली विनिमयदर अमेरिकी डलर एकको खरिदर १२१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२२ रुपैयाँ २२ पैसामा रहेको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ८५ पैसा र विक्रीदर १३४ रुपैयाँ ५२ पैसा रहेको छ भने पाउन्ड स्टललिङ एकको खरिददर १६० रुपैयाँ १७ पैसा र बिक्रीदर १६० रुपैयाँ ९६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३७ पैसा र बिक्रिीदर ९१ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४७ पैसा रहेको छ । यता जापानी यन आज १० बराबर नेपाली १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०५ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यता साउदी अरवियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५८ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल