फोटोन टुनल्याण्डको नयाँ भेरियन्ट आउँदै
फोटोन स्कटल्याण्डको नयाँ भेरियन्ट नेपाली बजारमा आउने भएको छ । टुनल्याण्ड इ प्लस गाडी केही समयभित्रै नेपाली बजारमा आउने नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले जानकारी दिएको हो ।
कुन स्पेसीफिकेसनको भन्ने विषयमा कम्पनीले अहिले धेरै कुरा खुलाएको छैन । तर कम्पनीका सेल्स हेड नबिन आचार्यले भने, “पावर, लुक्स र पफर्मेंसमा जब्बर गाडी आउँछ, जसरी फोटोन टुनल्याण्डले चिनियाँ गाडी प्रति मानिसहरुले हेर्ने नजर परिवर्तन गरेको छ, यस विश्वासलाई फोटोन कायम राख्नेछ ।”
कम्पनीले यसमा २.० लिटर क्षमताको डिजेल इन्जिन दिएको छ । उक्त यन्जिनले १४८ हर्स पावर प्रदान गर्ने छ भने अधिकतम टर्क ३२० एनएम रहेको छ । ट्रान्समिसन ६ फरवार्ड १ रिजर्ब सिस्टम भएकाले माइलेज पनि उत्कृष्ट रहने कम्पनीले जनाएको छ ।
पावर, लुक्स र पफर्मेंसका कारण लोकप्रिय बन्दै गहिरहेको फोटोनले पछिल्लो समय आफ्नो डिलर र सर्भिस सेन्टर पनि आक्रामक रुपले वृद्धि गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना