आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाको भारत भ्रमण फलदायी होला ?

बुधबार, १६ चैत २०७८, १५ : १७
बुधबार, १६ चैत २०७८

यही शुक्रबारबाट प्रधानमन्त्री शेरबहादुर देउवा भारतको भ्रमण गर्दैछन् । विगतमा नेपाल सरकारले भारत भ्रमणका क्रममा पर्याप्त होमवर्क गरेन । अहिले स्थानीय चुनावको चटारोमा पनि खासै होमवर्क देखिएको छैन । देउवालाई हेक्का हुनुपर्छ, लोकतान्त्रिक व्यवस्था सुशासन आर्थिक, सामाजिक उन्नतिको स्पष्ट मार्गचित्र स्वाधीनता आन्तरिक रूपमा सबल र आत्मनिर्भर नहुँदा छिमेकीले हेप्छन् । भौगोलिक आकार, जनसङ्ख्या, विकास आर्थिक, सामाजिक अवस्था कमजोर हुन सक्छन् । तर राष्ट्रियता स्वाधीनता र स्वतन्त्रता कदापि कमजोर अनि अप्रिय हुँदैन । आफ्नो देशमा सुशासन भएन, आन्तरिक लोकतन्त्र, विधिको शासन, आत्मविश्वास आत्मबल र आत्मरक्षा गर्ने क्षमता भएन भने वैदेशिक हस्तक्षेप बढ्ने अनि छिमेकीले अटेर्याइँ गर्छन् । नेपालमा अहिले सुशासन, आन्तरिक लोकतन्त्र, विधिको शासनमा तुषारापात छ । 

विदेशी राष्ट्र जो सम्पन्न छन्, तिनीहरूबाट आर्थिक प्राविधिक सहयोग गर्दा होस्, चाहे दुईपक्षीय सन्धि सम्झौतामा गर्दा होस्, समानता पारस्परिक एकता र मानवीय आधारमा हुनुपर्छ । आफ्नो सार्वभौमसत्ता राष्ट्रिय अखण्डतामा सम्प्रभुता माथि आँच नहुने गरी हुनुपर्छ । आफ्नो देशको लाज नछोपी विदेशीले पत्याउने छैनन् । आज देश चरम आर्थिक मन्दी, रासायनिक मलको अभाव, पेट्रोलियम पदार्थको अभाव सुख्खा मौसममा त्यहीँ भारतबाट बिजुली आयात गरेर बल्लतल्ल औद्योगिक क्षेत्रमा बिजुली नदिएर जेनतेन लोडसेडिङ नभएको मात्रै हो ।

कमसेकम राज्यका निकाय स्वतन्त्र निष्पक्ष भेदभावरहित अटल र स्वचालित हुनुपर्छ, रहन सक्नुपर्छ । नीतिगत निर्णय संविधान कानुनतः नीति पद्धतिको अनुसरण गरेको हुनुपर्छ कि पर्दैन ? ऐन बनाउन मात्रै कानुनी राज्य लोकतान्त्रीकरण होइन, त्यसको पालना स्वयम् सत्तामा बस्नेहरूले होस्, चाहे नीति निर्माताले राज्यका नीति नियम कानुन सबैले पालन गर्नुपर्छ । 

देशलाई चाहिने खाद्यान्न लत्ताकपडा स्वास्थ्य सामग्री निर्माण सामग्रीको बन्दोबस्त गर्ने सरकारको पहिलो सर्त, कर्तव्य र नैतिक जिम्मेवारी हुन जान्छ । शिक्षा, स्वास्थ्य, खानेपानी बिजुली कृषिको लागि सिँचाइ यातायात, उद्योग, कलकारखाना देशलाई पुगेर निकासी गर्न सक्ने हैसियतमा नपुगी समृद्धि हासिल हुँदैन । भारत सबैभन्दा नजिकको देश भएकाले उ नै निकासीको लागि हाम्रो उपर्युक्त गन्तव्य हो । तर विभिन्न नेपालमा त्यहाँ विभिन्न सामानको निकासीमा अवरोध भइरहन्छ । अहिले पनि चिया निकासीमा अवरोध छ । 

प्रबल सम्भावना भएको पर्यटन र जलस्रोतको विकास देशको आवश्यकता चाहना हो । साथै जनताको जीउधनको रक्षा देशको सीमारक्षा आवश्यक शान्ति अमनचयन स्थिरता नगरी नहुने कुरा हुन् । लगानी मैत्री वातावरण शान्ति प्रमुख मुद्दा हो । राज्यले त्यो विश्वास जगाउन सक्नुपर्छ । भारतले जहिले पनि नेपालको सिमाना मिचेको सीमानामा नेपालीलाई दुःख दिएको अमानवीय व्यवहार गरेको पटकपटक सुन्नमा आउँछ यस्तो नहोस् । लिपुलेक कालापानी सुस्ता नेपालको जमिन अतिक्रमणबारे सरकार टु सरकार स्पष्ट वार्ता गरी सुल्झाउने विवाद अन्य नगरी धरै छैन ।

जसरी लिपुलेक, लिम्पियाधुरा कालापानी नेपालको अभिन्न थियो, यो भारतलाई राम्रोसँग थाहा छ । उक्त भूमि समेटेर २०१९ नोभेम्बरमा मात्रै आफ्नो राजनैनिक नक्सा जारी गरेको हो । त्यो भन्दा पहिला बेवारिसे थियो । तर भारतीय सेनाले सन् १९६२ को भारत–चीन युद्धपछि कब्जा गरेर बसेको यथार्थ हो । उक्त भूमि नेपालको भूभाग हो, संविधानसभाले नेपालीको संविधान तयार पार्दा लेख्न छुटाएको भूभागलाई सन्दर्भकृत गरी संविधान संशोधनमार्फत् नक्सा जारी गर्दा जसरी सिङ्गो संसद् र देश जुरुक्क एकसाथ उठेका थिए । विडम्बना आज उक्त भूमि नक्सामै सीमित छ । के यो मुद्दाको सवाल अहिलेको भ्रमणमा उठ्छ ? आँखामा आँखा जुधाएर नेपाल सरकारले भारत सरकारसँग कूटनीतिक वार्ताको माध्यमद्वारा स्पष्टसँग वार्ता गरी भारतबाट कब्जा गरिएको उक्त भूभाग फिर्ता गराउने महत्त्वपूर्ण काम बाँकी छ । यो वर्तमान देउवा सरकार जिम्मेवारी हो ।

हाम्रो असल छिमेकी आदिम कालदेखि राजनीतिक कूटनीति सम्बन्ध मात्रै होइन, धार्मिक, सांस्कृतिक र रोटी बेटीको समेत रोजगारी र व्यापारको प्रमुख गन्तव्यको अर्को संसार भन्दा विशेष सम्बन्ध भएको मुलुक हो भारत । पारस्परिक एकता, भाइचारा, मित्रवत् सम्बन्ध, अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत मध्यनजर गर्दै उदीयमान आर्थिक व्यापारिक ठूलो साझेदारी मुलुक पनि हो भारत ।

आर्थिक रूपमा उदय भएको विशाल देश आर्थिक, सामाजिक र धेरै जनसङ्ख्या सामरिक विकास भएको आणविक औद्योगिक भौतिक जैविक विकासमा तीव्रगतिले विकास भइरहेको मुलुक भारत र चीनको बीचमा छ नेपाल । सुन्दर प्राकृतिक सम्पदा र प्रचुर सम्भावनायुक्त नेपालले आफ्नो दक्षिण र उत्तरतर्फका दुई छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध बनाउन सक्नुपर्छ । 

भारत–नेपालका जस्तो मित्रताबाट अन्तर्राष्ट्रिय समुदायले प्रेरणा लिन सक्ने बनाइनुपर्छ । अटुट सम्बन्ध, विशिष्ट सम्बन्ध भएको खुल्ला सीमाना भएको सानो मुलुकको जमिन हडप्ने, सिमाना मिच्ने, सीमा स्तम्भ सार्ने कुरा छिमेकीलाई कत्ति पनि सुहाउँदैन । पटक पटक नेपालीमाथि भारत नेपाल सिमानामा सीमा भारतीय सुरक्षा बलबाट अमानवीय दुर्व्यवहार गरेको कुरा सार्वजनिक हुँदै आएको छ । यो तुरुन्त बन्द गरिनुपर्छ । हुन त गल्ती नेपाली नेताहरूको पनि हो, जो कहिले भारतमुखी, कहिले चीन त, कहिले पश्चिमामुखी भए । नेपाली कहिल्यै हुन सकेनन् । 

भूपरिवेष्टित मुलुक नेपाललाई कि त भारत कि चीनको मार्ग प्रयोग नगरी धरै छैन । भूपरिवेष्टित मुलुकलाई निर्बाध बाटो दिनु संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय मान्यता र नेपालको अधिकार हो । छिमेकीले नाकाबन्दी गर्नु मानवीयता होइन । 

भारतमा हुने राजनीतिक जोडघटाउ, चुनावदेखि क्रिकेट म्याच, फिल्म लगायतले नेपालमा प्रत्यक्ष असर पार्छ । नेपालका मन्दिरमा गुन्जिने भजन होस् या हिन्दी फिल्मी गीतको सुर र तालमा ननाचेको को नेपाली नहोला र ? 

भारतले आफ्नो स्वतन्त्रता दिवस मनाउँदा होस् या गणतन्त्र दिवस, हरेक वर्ष नेपाललाई एम्बुलेन्स हस्तान्तरण गर्ने गर्छ । यो पवित्र मानवीय पक्ष हो । सरकार परिवर्तन हुन सक्छ । धर्म, जात, नाम र लिङ्ग परिवर्तन गर्न सकिन्छ तर छिमेकी परिवर्तन गर्न सकिँदैन । मिलेर जति फाइदा हुन्छ, चिलेर घाटा । देउवाको भारत भ्रमणले दुई देशको सम्बन्धमा नयाँ आयाम थपोस् भन्ने कामना । 

टीकापुर–१, कैलाली 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरतबहादुर विष्ट
भरतबहादुर विष्ट
लेखकबाट थप