गाजामा युद्धविराम गराउन जारी शान्ति वार्ता कहाँ पुग्यो ?
आइतबार, २३ वैशाख २०८१, १० : २५
तेल अभिभ । इजिप्टको राजधानी कायरोमा इजरायली बन्धकहरूको रिहाइ र गाजामा युद्धविरामका लागि जारी शान्तिवार्ता आइतबार पनि जारी रहने जनाइएको छ । हमासका एक अधिकारीले सो कुराको जानकारी दिएका हुन् ।
‘शनिबार कुनै सहमति हुन नसकेपछि आइतबार अर्को चरणको वार्ता सुरु हुन लागेको हो’ ती अधिकारीले भनेका छन् । हमासका अर्का एक अधिकारीले यसअघि चाहिँ गाजामा युद्ध अन्त्य नहुने कुनै पनि प्रस्तावलाई स्वीकार नगर्ने बताएका थिए ।
अर्र्काेतर्फ, सहमति भए पनि नभए पनि रफाहमा आक्रमण गर्ने योजनालाई अघि बढाउने अडानमा इजरायली सरकार छ । इजरायलले यतिबेला दक्षिणी गाजाको रफाह सहरमा आक्रमण गर्ने योजना बनाइरहेको छ । रफाहमा १२ लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिइरहेका छन् ।
गाजामा इजरायली आक्रमणका कारण ३४ हजारभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण