शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गाजामा युद्धविराम गराउन जारी शान्ति वार्ता कहाँ पुग्यो ?

आइतबार, २३ वैशाख २०८१, १० : २५
आइतबार, २३ वैशाख २०८१

तेल अभिभ । इजिप्टको राजधानी कायरोमा इजरायली बन्धकहरूको रिहाइ र गाजामा युद्धविरामका लागि जारी शान्तिवार्ता आइतबार पनि जारी रहने जनाइएको छ । हमासका एक अधिकारीले सो कुराको जानकारी दिएका हुन् ।

‘शनिबार कुनै सहमति हुन नसकेपछि आइतबार अर्को चरणको वार्ता सुरु हुन लागेको हो’ ती अधिकारीले भनेका छन् । हमासका अर्का एक अधिकारीले यसअघि चाहिँ गाजामा युद्ध अन्त्य नहुने कुनै पनि प्रस्तावलाई स्वीकार नगर्ने बताएका थिए । 

अर्र्काेतर्फ, सहमति भए पनि नभए पनि रफाहमा आक्रमण गर्ने योजनालाई अघि बढाउने अडानमा इजरायली सरकार छ । इजरायलले यतिबेला दक्षिणी गाजाको रफाह सहरमा आक्रमण गर्ने योजना बनाइरहेको छ । रफाहमा १२ लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिइरहेका छन् । 

गाजामा इजरायली आक्रमणका कारण ३४ हजारभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप