अष्ट्रेलियाको पर्थमा चक्कु प्रहारमा संलग्न किशोरको मृत्यु
आइतबार, २३ वैशाख २०८१, १० : १९
पर्थ । अष्ट्रेलियाको पर्थमा चक्कु प्रहार गर्ने एक किशोरको प्रहरीको गोली लागेर मृत्यु भएको छ । गोली लाग्नुअघि किशोरले एक व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । पीडितको अवस्था गम्भीर तर स्थिर रहेको बताइएको छ ।
शनिबार राति अबेतिर एक व्यक्तिलाई नाबालिगले चक्कु हानेर सामान्य क्षति पुर्याएको जानकारी प्राप्त भएको प्रहरीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ । किशोरको उमेर १६ वर्ष भएको बताइएको छ ।
आक्रमणकारीलाई रोक्न गोली चलाइएको प्रहरीले जनाएको छ । गोली लागेपछि ती किशोरलाई अस्पताल लगिएको भए पनि बचाउन सकिएन । पछिल्लो समय अष्ट्रेलियामा चक्कु प्रहारका घटनाहरू बढेका छन् ।
गत महिना सिड्नीमा क्रिश्चियन धर्मगुरुमाथि पनि चक्कु प्रहार भएको थियो । त्यसअघि सिड्नीको एउटा सपिङ मलमा भएको चक्कु प्रहारको घटनामा बालक र महिलाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण