शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाको पर्थमा चक्कु प्रहारमा संलग्न किशोरको मृत्यु

आइतबार, २३ वैशाख २०८१, १० : १९
आइतबार, २३ वैशाख २०८१

पर्थ । अष्ट्रेलियाको पर्थमा चक्कु प्रहार गर्ने एक किशोरको प्रहरीको गोली लागेर मृत्यु भएको छ । गोली लाग्नुअघि किशोरले एक व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । पीडितको अवस्था गम्भीर तर स्थिर रहेको बताइएको छ । 

शनिबार राति अबेतिर एक व्यक्तिलाई नाबालिगले चक्कु हानेर सामान्य क्षति पुर्याएको जानकारी प्राप्त भएको प्रहरीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ । किशोरको उमेर १६ वर्ष भएको बताइएको छ । 

आक्रमणकारीलाई रोक्न गोली चलाइएको प्रहरीले जनाएको छ । गोली लागेपछि ती किशोरलाई अस्पताल लगिएको भए पनि बचाउन सकिएन । पछिल्लो समय अष्ट्रेलियामा चक्कु प्रहारका घटनाहरू बढेका छन् । 

गत महिना सिड्नीमा क्रिश्चियन धर्मगुरुमाथि पनि चक्कु प्रहार भएको थियो । त्यसअघि सिड्नीको एउटा सपिङ मलमा भएको चक्कु प्रहारको घटनामा बालक र महिलाको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप