सडक बोर्डमा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
बिहीबार, १७ चैत २०७८, ०७ : ३५
सरकारले सडक बोर्ड नेपालमा कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । बोर्डमा चार वर्षे कार्यकालका लागि खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढेको हो ।
बोर्डले बिहीबार सार्वजनिक सूचना जारी गरी हाइवे इन्जिनियरिङ वा व्यवस्थापनमा स्नातकोत्तर हासिल गरी कम्तिमा १० वर्षे अनुभव रहेका व्यक्तिलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो ।
उम्मेदवारले कार्यकारी निर्देशकको हैसियतबाट पुर्याउन सक्ने योगदान, कार्यान्वयन गर्ने रणनीति तथा कार्ययोजनासहितको कार्यपत्र पेश गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै