पोर्नस्टार एलेक्सिसको ३५ वर्षको उमेरमा निधन
शनिबार, १९ चैत २०७८, ११ : १४
पोर्नस्टार रेवन एलेक्सिसको ३५ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि क्रोन्स नामक रोगबाट पीडित थिइन् । यो रोगमा पेटसम्बन्धी संक्रमण हुने र पाचन नली सुन्निने समस्या हुन्छ । उनको पेटसम्बन्धी समस्याका कारण यही मार्च २३ गते निधन भएको हो । उनको निधन भएको उनका पतिले इन्स्टाग्राम र फेसबुकमार्फत जानकारी दिएका थिए ।
रेवन ‘इन्टरनेट मोडल’ को नामबाट चर्चित थिइन् । सन् २०११ मा रेवन एभिएन अवार्डका लागि नोमिनेशनमा परेकी थिइन् । उनलाई बेस्ट न्यू स्टारलेट अवार्ड प्रदान गरिएको थियो । उनले सन् २००९ देखि सन् २०१० सम्म डिजिटल प्लेग्राउण्डमा काम गरेकी थिइन् । सन् २०११ मा उनलाई डिपी फिचर ‘बडी हिट’ को एउटा सिनका कारण एभिएन ट्रफी प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
-
भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार
-
त्रिविको पीएचडीसम्बन्धी नयाँ निर्देशिकाः यस्तो छ सुपरभाइजर हुन चाहिने शोधार्थीको योग्यता
-
सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या
-
घाँस काट्न रूख चढेकी बालिकाको खसेर मृत्यु
-
धनुषाबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण