लतालाई ग्रामी र ओस्कारले बिर्सियो, फ्यानहरू आक्रोशित
सोमबार, २१ चैत २०७८, १७ : २२
ग्रामी अवार्डको श्रद्धाञ्जली दिने भागमा लता मंगेशकरको नाम छुटाएकोमा भारतीय समर्थकहरूले आक्रोश प्रकट गरेका छन् । भारतकी चर्चित गायिका रहेकी मंगेशकरको गत फेब्रुअरीमा मुम्बईमा निधन भएको थियो । उनलाई बलिउडकी ‘कोइली चरी’ समेत भनिन्छ । उनले ३० भन्दा बढी भाषामा १ हजारभन्दा बढी गीत गाएकी छन् ।
गत महिना ब्रिटिस एकेडेमी फिल्म एन्ड टेलिभिजन अवार्ड (बाफ्टा) अवार्डमा भने मंगेशकरलाई श्रद्धाञ्जली दिइएको थियो । तर, गत हप्ता आयोजित ओस्कार र आज आयोजित ग्रामीमा गत वर्ष निधन भएका कलाकारहरूलाई श्रद्धाञ्जली दिने भागमा उनको नाम उल्लेख गरिएन । यसबाट क्रुद्ध बनेका फ्यानहरूले सामाजिक सञ्जालमा आक्रोश प्रकट गर्दै ग्रामीको समावेशितामाथि प्रश्न उठाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण