मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

२०७४ सालको मतका आधारमा हुने बाँडफाँड अस्वीकार्य : डा. भट्टराई

सोमबार, २१ चैत २०७८, १८ : १८
सोमबार, २१ चैत २०७८

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०७४ सालको मतका आधारमा हुने बाँडफाँड स्वीकार्य नहुने बताएका छन् । रुपन्देहीको शुद्धोधनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले गठबन्धनमा २०७४ सालको मतका आधारमा हुने बाँडफाँड स्वीकार्य नहुने बताएका हुन् ।

उनले आफ्नो पार्टी नयाँ बनेकाले २०७४ को निर्वाचनको आधारमा हुने भागबण्डा स्वीकार्य नहुने बताए । आफ्नो  पार्टी देशलाई विकल्प दिने गरी नयाँ बनेको भन्दै उनले अरु पार्टीहरू पुराना रुख भएको बताए । उनले भने, ‘पुराना रुखबाट केही फल्ला भन्ने आशा हुन्छ । तर अहिले पार्टीबाट फल्दैन बरु हाम्रो पार्टी नयाँ विरुवा भएपनि राम्रो फल लाग्ने छ , धेरै फल्ने छ ।’

भट्टराईले  पुराना दललाई भोट दिएर नयाँ नजिता नआउने पनि बताए । उनले पुराना दलहरुले चुनाव जितेर आफ्ना मान्छेलाई ठेक्का दिने र भ्रष्टाचार मात्रै गर्ने गरेकाले अबको चुनावमा जनताले विकल्प खोज्नुपर्ने बताए । विदेशमा युवाको श्रम निर्यात गरेर देश विकास नहुने भन्दै विदेशबाट प्रविधि र पुजी भित्र्याएर स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप