पल र एलिजाको ‘दिन्थे मुटु झिकी’ ट्रेन्डिङमा
मङ्गलबार, २२ चैत २०७८, १२ : ४७
नाबालिग बलात्कारको अभियोगमा अभिनेता पल शाह कारागारमा छन् । तर उनी अभिनीत म्युजिक भिडियो भने अहिले लगातार सार्वजनिक भइरहेका छन् । यस्तैमा उनी अभिनीत गीत ‘दिन्थे मुटु झिकी’ युट्युबमा ट्रेन्डिङ रहेको छ ।
गीतकार, गायक तथा सङ्गीतकार पवन ओलीको हालै सार्वजनिक गरेको गीतले ९ लाख बढी दर्शक पाउँदै युट्युब ट्रेन्डिङको दोस्रो स्थान ओगट्न सफल भएको हो । गीतमा निसान भट्टराई र विष्णु माझीको स्वर रहेको छ । गीतको म्युजिक भिडियोमा पल शाहको जोडी अभिनेत्री एलिजा गौतम बनेकी छन् । शिव विकले निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायाङ्कन, मिलन विश्वकर्माको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण