आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

‘निशब्द’ मा आकाससँग सुरक्षाको रोमान्स

शुक्रबार, २५ चैत २०७८, १२ : २०
शुक्रबार, २५ चैत २०७८

भ्वाइस अफ नेपालको मञ्चबाट परिचित गायिका सुरक्षा सेन्चुरीको स्वर रहेको गीत ‘निशब्द’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा एकै नजरमा मन परेको व्यक्तिसँग बोल्न र आफ्ना मनको भावना प्रकट गर्न नसक्दाको परिस्थितिलाई वर्णन गरिएको छ ।

रमेश दाहालको शब्द रहेको गीतमा टिका दाहालले संगीत दिएका छन् । गीतमा राहुल प्रधानको संगीत संयोजन छ । गीतको आकर्षक म्युजिक भिडियो पनि बनेको छ । भिडियो सुरक्षा सेन्चुरी र अभिनेता आकाश श्रेष्ठ रोमान्स देख्न सकिन्छ । बुद्ध थापाले छायाँकन गरेको भिडियो विकास धमलाले सम्पादन गरेका हुन् । भिडियोको निर्देशक निकेश खड्काले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप