आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

फुट्यो रक्तिम परिवार

शनिबार, २६ चैत २०७८, १८ : ४०
शनिबार, २६ चैत २०७८

नेकपा (मसाल) निकट रक्ति साँस्कृतिक परिवार फुटेको छ । रक्तिमले शनिबार संवाद डबलीमा ३६ औं स्थापना दिवस मनाउँदै नारायण शर्माको अध्यक्षमा नयाँ कार्यसमिति घोषणा गरेको हो । रक्तिमको संस्थापन पक्षले मसालसँग सम्बन्ध विच्छेद गर्दै नयाँ समितिको घोषणा गरेको जनाएको छ ।

नयाँ समितिको उपाध्यक्षहरूमा निलिमा पुन, दलबहादुर बिक र मानबहादुर भण्डारी रहेका छन् । त्यस्तै, महासचिवमा उदय रिजाल, सचिवमा धर्मदेव पन्त र शरद लामिछाने चयन भएका छन् भने कोषाध्यक्षमा डम्बर भण्डारी चयन भएका छन् ।

मसालभित्र वैचारिक बहस चलिरहेको छ । पार्टी नेतृत्वले लिएको लाइनप्रति असहमति राखेपछि रक्तिमको संस्थापन पक्षलाई पार्टीले बेवास्ता गर्दै जिम्मेवारी विहीन बनाएको थियो । रक्तिमको बहुसंख्यक सदस्यहरुले संस्थापनको विचारसँग असहमति राखेपछि पार्टी रेम रानाको अध्यक्षतामा छुट्टै समिति बनाएको थियो । उक्त समिति अवैध भएको रक्तिम संस्थापन पक्षले दाबी गरेको छ ।

जनगायक जीवन शर्माको नेतृत्वमा २०४३ चैत्र २६ गते रक्तिम साँस्कृतिक अभियानको स्थापना गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप