आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सौगात र दीयाको मन्त्रले यस्तो छ पहिलो गीत

शुक्रबार, ०२ वैशाख २०७९, १८ : ००
शुक्रबार, ०२ वैशाख २०७९

फिल्म ‘मन्त्र’ को पहिलो गीत ‘घरी घरी’ सार्वजनिक गरिएको छ । अल्मोडा राना उप्रेती र अप्सरा घिमिरेको स्वर रहेको गीतमा सन्तोष सुनारको शब्द तथा संगीत छ । गीतमा फिल्मका मुख्य कलाकार अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुनको प्रेम देख्न सकिन्छ ।

वैशाख १६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँने तयारीमा रहेको फिल्मको केहि हप्ता अघि सार्वजनिक ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । ट्रेलरले पाएको हाइप अब सार्वजनिक गीतले अझै बढाउनेमा निर्माण टिम विश्वस्त रहेको छ । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लिको ब्यानरमा बनेको फिल्म खिल बहादुर गुरुङले निर्देशन गरेका हुन् । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस्सँंगै डिभाइन इन्टरटेन्टमेन्ट र डि.एस प्रोडक्सनको सहकार्य रहेको छ । हिमाली भेगको सुन्दर दृश्य कैद गरिएको फिल्म एउटा अर्गानिक फिल्म भएको निर्माण युनिटले जनाएको छ । फिल्म गोर्खा जिल्लाको चुमनुब्री सामा गाउँ, बिरेन्द्र ताल र पुङ्गिन गुम्बा लगायतका रमणीय दृश्यहरु कैद गरिएको छ ।

‘मन्त्र’ मार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका हुन् । फिल्ममा बुद्दि तमाङ, नमिता घिसिङ्ग, विर बहादुर लामा, पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठको लगानी छ । राजेश जंगको सह निर्देशन रहेको फिल्ममा सह निर्माताको रुपमा भिमसेन केसी र बिशेष सहयोगी अमृत थापा रहेका छन । साम्तेन भुटिया, सुनिल नेउरे, परिच्छेद सेनले लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत छ । फिल्म काठमाडौँ बाहिर एफडि कम्पनि र उपत्यकामा काफिया फिल्मस्ले वितरणको जिम्मा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप