इन्डियन आइडल विजेता पवनदीप नेपाल आउँदै, काठमाडौंका दुई स्थानमा प्रस्तुती
इन्डियन आइडल २०२१ विजेता पवनदीप राजन शनिबार काठमाडौं आउने भएका छन् । काठमाडौंमा प्रस्तुति दिनका लागि गायक पवनदीप नेपाल आउने भएका हुन् । ३६५ इभेन्टस् एण्ड मिडियाले म्यानेज गर्ने सांगितिक कार्यक्रममा पवनदीपले दुई स्थानमा आफ्नो प्रस्तुति दिनेछन्
डिस्ट्रिक्ट अवार्ड एण्ड रिकग्निसन कमिटी २०–२१ रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानले आयोजना गरेको अवार्ड सेरमोनी कार्यक्रममा पवनदीपले वैशाख १० गते काठमाडौँको पाँचतारे होटेल याक एण्ड यति दरबारमार्गमा आफ्नो सांगितिक प्रस्तुति दिनेछन् ।
साथै यही वैशाख ११ गते रोटरी क्लब अफ पाटन वेस्टले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा पवनदीपलाई ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) मा सुन्न सकिनेछ । कार्यक्रमका लागि दुई थरीको टिकटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार २५ सय र ३ हजार दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम रोटरी क्लबले सामाजिक कार्यका लागि सहयोग गर्ने आयोजकले जनाएको छ । टिकट विभिन्न माध्यमबाट उपलब्ध हुने समेत जानकारी आयोजकले दिएका छन् । अनलाईन टिकटका लागि भुक्तानी प्रदायक आइ एमई पे वालेट मार्फत खरिद गर्न सकिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार काठमाडौको विभिन्न स्थानहरु जस्तै लुना रेष्टुरेण्ट एण्ड बार ठमेल, लर्ड अफ ड्रिंक्स ठमेल, मोजो बुटिक होटेल बानेश्वर, लोकल रेष्टुरेण्ट मध्य बानेश्वर, रोयल एम्पायर बुटिक होटल बालुवाटारबाट समेत टिकट लिन सकिने छ । पवनदीप राजन इन्डियन आइडल सन् २०२१ सिजन १२ का विजेता हुन् । उक्त सांगीतिक कार्यक्रम विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय ब्राण्ड÷कम्पनीले प्रायोजन गरेका छन् । कोरोनाको कारणले स्थगित पवनदीपको सांगीतिक कार्यक्रम यसपटक भने भव्य रुपमा सफल हुने आयोजकले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण