१८ वर्षपछि फेरि आयो सञ्जय किशोरको ‘धेरै भो...’
दुई दशकअघि नै पप गीतहरु गाएर दर्शक तथा स्रोताको मन जित्न सफल पप गायक सञ्जय किशोर श्रेष्ठले पुरानो ‘धेरै भो किन तिमी आउँदैनौ’ रि–एरेञ्ज तथा रि–रेकर्ड गर्दै ल्याएका छन् ।
झण्डै १८ वर्षअघि लोकप्रिय यो पप गीतमा जेम्स प्रधानको शब्द तथा संगीत समावेश छ । संगीतकर्मी प्रधानकै अनुमति लिएर गायक श्रेष्ठले यो गीतलाई पुनः रेकर्ड गरेका हुन् । रि रेकर्डिङ गरिएको गीतमा तुन्नाबेल थापाको संगीत संयोजन र मनिष गन्धर्वको सारंगीवादन समेत समेटिएको छ । सन् २००४ यो गीत ‘बजेट २००४ः इमोशन’ एल्बममा समावेश थियो ।
गीतको भिडियो पनि बनाइएको छ । सोनम पाख्रिनको निर्देशन रहेको भिडियोमा अभिनेता तथा मोडल जोर्डन राजभण्डारी तथा अभिनेत्री अञ्जली अधिकारीका साथमा राम भण्डारी, किरण कुमार शर्मा, जयराम बर्मा, ममता दाहाल, गीता थापा लगायत कलाकारको अभिनय देख्न सकिन्छ ।
वियोगान्त कथा चित्रण गरिएको भिडियोमा अभिनेता जोर्डन राजभण्डारीले आकर्षक अभिनय गरेका छन् । उनले गम्भिर चरित्रलाई सहजताका साथ निर्वाह गरेका छन् । अभिनेत्री अञ्जली अधिकारीको अभिनयको हाउभाउ आकर्षक देखिन्छ । भिडियोमा निसल पौडेलको छायांकन, विकास दाहालको सम्पादन छ ।
गायक सञ्जय किशोरले गीतको नयाँ संस्करणलाई अनप्लग्ड शैलीमा गाएको बताउँदै यसमा सारंगी, गिटार तथा किबोर्डहरु खेलाइएको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण