सुदूरपश्चिममा गठबन्धनको बैठक जारी
मङ्गलबार, ०६ वैशाख २०७९, २० : ०२
सुदूरपश्चिम प्रदेशमा पाँच दलीय गठबन्धनको बैठक जारी रहेको छ । भागबण्डामा सहमति जुट्न नसकेका जिल्लाको विवाद टुंग्याउन प्रदेश बैठक जारी रहेको हो ।
दिउँसो १ बजेबाट शुरू भएको बैठक जारी रहेको माओवादी केन्द्रका नेता रमेश धामीले बताए । बैठक सकारात्मक भइरहेको उनले बताए । बुधबार साँझसम्म टुंगो लाग्ने गरी गठबन्धनमा सबै एकमत भएका उनको भनाइ छ ।
बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य, प्रदेश सभापति वीरबहादुर बलायर, महामन्त्री नरनारायण शाह मनु, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष, समाजवादी पार्टीका नेताहरुको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण