बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकले प्रदेशस्तरीय ‘कृषि कर्जा योजना’

बिहीबार, ०८ वैशाख २०७९, १५ : ४७
बिहीबार, ०८ वैशाख २०७९

एनएमबि बैंकले प्रदेश स्तरीय ‘कृषि कर्जा योजना’ सुरुवातको घोषणा गरेको छ । यो योजना बैशाख २ देखि असार ३२ सम्म लागू हुने बैंकले जनाएको छ ।

बैंकले प्रदेश १ का लागि पाथिभारा व्यवसायिक कृषि कर्जा, मधेस प्रदेशका लागि मधेस व्यवसायिक कृषि कर्जा, बागमती प्रदेशका लागि स्मार्ट कृषि कर्जा, गण्डकी  प्रदेशको लागि  गण्डकी व्यवसायिक कृषि कर्जा, लुम्बिनी प्रदेशका लागि बुद्धभूमि व्यवसायिक कृषि कर्जा, कर्णाली प्रदेशका लागि कर्णाली व्यवसायिक कृषि कर्जा र सुदूर पश्चिम प्रदेशका लागि सुदूरपश्चिम व्यवसायिक कृषि कर्जा योजना ल्याएको विज्ञप्तिमार्फत जनाएको छ । 

यस कर्जा योजना अन्र्तगत बैंकले स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सहज प्रक्रिया, सहुलियत ब्याज दर, प्रशासनिक शुल्कमा सहुलियत, डेविट कार्डमा सहुलियत, विमा तथा क्रेडिट कार्ड सुविधा जस्ता आकर्षण थपेको जनाएको  छ ।  

ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यको रूपमा, एनएमबि बैंकले कृषि फाईनान्सिङ्गलाई प्राथमिकता दिदै आईरहेको छ ।  यो दिगो व्यवसायका लागि बैंकको रणनीतिक स्तम्भहरू मध्ये एक भएको बताइएको छ ।  दीर्घकालीन रणनीतिक उद्देश्य अनुरूप कृषिलाई केन्द्रमा राखी बैंकले समय समयमा यस्ता योजनाहरु प्रस्तुत गदै आइरहेको जानकारी गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप