जन्मदिनको केक काट्दै मदनकृष्णले भने, ‘जिन्दगीमा सायद मैले जिउनै जानिनँ’
जिन्दगीमा सायद मैले जिउनै जानिनँ
विश्वास यति च्यातियो कि सिउनै जानिनँ
कमजोर घर चुहियो नि छाना, पानी परेको पर्यैै छ
घर छ नदी चोक, बाढीले पनि आँखा तरेको तर्यै छ
वैरीहरु रुँदा पनि आँखा रसाउँछ मेरो
इँटको जवाफ पत्थरले दिन जानिनँ
माथिका शब्द विशिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ आफैले कोरेको गीतको हो । मंगलबार राजधानीमा ७२ औं जन्मदिन सेलिब्रेसको क्रममा श्रेष्ठ यो गीतका शब्द सुनाउँदा धेरैको आँखामा आँसु छ-छल्किएका थिए । ‘जीवनका मेरो धेरै समय हास्य ब्याङ्ग्यमा बित्यो । तर मेरो धेरै रुचि गीत गायनमा पनि रहेको छ’ श्रेष्ठले भने । श्रेष्ठलाई जन्मदिन सेलिब्रेसन गर्ने अवसर क्रियटिभ ह्याट्सले जुर्याइदिएको हो । कार्यक्रममा पुष्पन प्रधानको शब्द तथा संगीत रहेको गीत ‘एउटा सपना छ’ को भिडियो समेत सार्वजनिक गरिएको थियो । लिजेन्डरी भर्सनमा तयार यो गीतमा कलाकार श्रेष्ठकै स्वर रहेको छ ।

भिडियोमा समेत श्रेष्ठले अभिनय गरेका छन् । उनलाई अभिनयमा नातिनीको रूपमा अभिनेत्री आँचल शर्माले साथ दिएकी छन् । बिरामीका कारण सबै कुरा बिर्सिएका आफ्ना हजुरबुबालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुबाको प्रेमकथा बुनिएको भिडियो कलाकार श्रेष्ठकै छोरी सराना श्रेष्ठले निर्देशन गरेकी हुन् । क्रियटिभ ह्याट्सले निर्माण गरेको भिडियोमा आफ्नो अभिनय आफैले हेर्दा एकदमै राम्रो लागेको श्रेष्ठले बताए । आफूलाई हाँस्यकलाकार भन्दा पनि गायक भन्दा आनन्द लाग्ने उनले सुनाए । ‘मैले पछिल्लो केही गीतको लिजेन्डरी भर्सन गाएको छु’ श्रेष्ठले भने ‘पहिले भने धेरै गीत गाएको थिए ।’ श्रेष्ठले पुष्पन प्रधानको ‘एउटा सपना छ’ गीतको शब्द, संगीत नै राम्रो लागेको बताए । भने ‘ आफूले जिन्दगीमा धेरै गीत गाउन नसकेपनि यो गीत आफ्ना लागि सधै नै विशेष रहनेछ ।’

कार्यक्रममा श्रेष्ठले सार्वजनिक म्युजिक भिडियोकी निर्देशक तथा छोरी सराना श्रेष्ठको निर्देशन कलाको समेत तारिफ गरे । ‘सरानाले भिडियो निकै राम्रो बनाएकी रहिछन्’ श्रेष्ठले थपे ‘भिडियोको साथै निर्देशन क्षमताबाट पनि म प्रभावित छु ।’ कार्यक्रममा अभिनेत्री आँचलले भिडियो राम्रो बनेकोमा खुसी ब्यक्त गरिन् । ‘आफ्नो भिडियो हेरेर आँखामा आँसु भरियो’ उनले भनिन् । कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, शिवहरी पौडेलले लगायतले श्रेष्ठलाई जन्मदिनको शुभकामना दिँदै भिडियोको पनि प्रशंसा गर्न भ्याए । पुरुष र महिला गरेर दुई भर्सनमा हिट भएको यो गीत अहिले लिजेन्डरी भर्सन ल्याइएको हो ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण