आर्यन भन्छन् - संघर्षको दिन उज्यालो थियो
अभिनेता आर्यन सिग्देल पछिल्लो समय म्युजिक भिडियोमा लगातार देखिन थालेका छन् । फिल्म अभिनय अफर कम भएपछि उनी म्युजिक भिडियोमा देखिन थालेका हुन् ।
आर्यनले फिल्म नपाएर म्युजिक भिडियो गरिरहेका भन्ने पनि छन् । तर, आफू पहिला पनि र अहिले पनि फुर्सदिलो भएको आर्यन बताउँछन् । ‘निखिल दाइ र विराज दाइको दिनमै दुईटा फिलम सेड्युल चल्ने समयमा पनि म वर्षमा २ वटा फिल्म मात्र गर्थे’ आर्यनले भने ‘म पहिले पनि फुर्सदिलो र अहिले पनि ।’
राजधानीमा आयोजित ‘सुन सानो कथा’ गीत सार्वजनिक कार्यक्रममा सिग्देलले आफ्नो संघर्षको दिन समेत सुनाएका थिए । ‘मेरो संघर्षको दिन उज्यालो थियो । अरु बाल्यकाल फर्कियोस् भन्छन् । तर म मेरो संघर्षको समय फर्कियोस् भन्छु’, उनले थपे ।
आर्यनले ‘सुन सानो कथा’ गीतको समेत तारिफ गरेका थिए । ‘सुन सानो कथा’ बिनोद ढकाल र अस्मिता अधिकारीले गाएका हुन् । गीतमा शब्द तथा संगीत बिनोद ढकालको रहेको छ । कार्यक्रममा गीतको भिडियो समेत सार्वजनिक गरिएको थियो । भिडियोमा अभिनेता आर्यन सिग्देललाई मोडल रोजी पन्तले अभिनयमा साथ दिएकी छन् । रोजीले आर्यनसँग काम गर्दा निकै रमाइलो अनुभव भएको बताइन् ।
एम्सन इन्टरटेन्टमेन्ट र ओएमजी इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिएको भिडियोको निर्देशन जनकदीप पराजुलीले गरेका हुन् । क्रियटिभ हेड चलचित्रकर्मी भानु प्रताप रहेका छन् । आर्यनले १८ वर्ष अघि ‘घाँस काट्ने’ खुर्केर बोलको रिमिक्स गीत जनककै निर्देशन गरेका थिए । गीतको संगीत संयोजन प्रमोद परियारले गरेका हुन् ।
सरस्वती गौतम, सृजना ल्वागुन र भिमराज रसाइलीको निर्माण रहेको भिडियो मायाप्रेम र बिछोडको कथालाई देखाईएको छ । सागर प्रधानले छायाँकन गरेको भिडियोको सम्पादन भरत रेग्मीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण