पाइलटहरुले किन गर्दैछन् अजयको फिल्मको विरोध ?
बलिउड अभिनेता अजय देवगन हालै रिलिज भएको फिल्म रनवे ३४ लाई लिएर चर्चामा छन् । जसमा अजयले पाइलटको भूमिका निर्वाह गरेका छन् । तर भारतीय पाइलट महासंघले अजयमाथि यो फिल्ममा पाइलटहरूलाई गलत तरिकाले प्रस्तुत गरेको आरोप लगाएको छ । चलचित्र वास्तविक घटनामा आधारित रहेको दाबी गरिएको छ । तर, चलचित्र पूर्णतया काल्पनिक कथामा आधारित रहेको महासंघले जनाएको छ ।
सन् २०१५ मा दोहाबाट कोचीको विमानको क्रयास ल्यान्डिङको वास्तविक कथामा आधारित यो फिल्म रहेको दाबी गरिएको छ । खराब मौसम र कम भिजिबिलिटीका कारण विमान दुर्घटना हुँदा धेरै यात्रुको मृत्यु भएको थियो । तर पाइलट महासंघले फिल्ममा देखाइएका कुरा सत्यताभन्दा टाढा रहेको बताएको छ ।
पाइलट महासंघका सचिव क्याप्टेन सिएस रन्धावाले ‘रनवे ३४’ को निन्दा गर्दै विज्ञप्ति जारी गरेका छन् । उनले भने, ‘फिल्ममा पाइलटको पेशालाई जसरी चित्रण गरिएको छ, त्यो सत्यभन्दा टाढा छ । फिल्ममा जसरी चित्रण गरिएको छ, त्यसले विमानमा यात्रा गर्ने यात्रुको मनमा अनेक किसिमका भ्रम पैदा गर्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
-
भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार
-
त्रिविको पीएचडीसम्बन्धी नयाँ निर्देशिकाः यस्तो छ सुपरभाइजर हुन चाहिने शोधार्थीको योग्यता
-
सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या
-
घाँस काट्न रूख चढेकी बालिकाको खसेर मृत्यु
-
धनुषाबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण