शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेश बैंकसँगको मर्जर टुङ्गो लगाउन नबिलले बोलायो विशेष साधारण सभा

बिहीबार, २२ वैशाख २०७९, १५ : ५५
बिहीबार, २२ वैशाख २०७९

नबिल बैंकले आगामी जेठ ७ गते विशेष साधारण सभा बोलाएको छ । यसअघि नेपाल बंगलादेश बैंक (एनबीबी) लाई प्राप्ति गर्ने सहमति भएसँगै अघि बढेको सबै प्रक्रियालाई अन्तिम टुङ्गो लगाउन बैंकले विशेष साधारण सभा बोलाएको हो ।

सभामा नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको प्राप्ति र समाहित हुने मुद्दामा नै केन्द्रित हुने र सो सम्बन्धमा हालसम्म भएका सबै प्रक्रियालाई अनुमोदन गरिने बैंकले बताइएको छ । यसअघि बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।

जेठ ७ गतेलाई विशेष साधारण सभा बोलाएको बैंकले सोही प्रयोजनका लागि वैशाख ३० गते बुकक्लोज गर्ने निर्णय समेत गरेको छ । जसअनुसार वैशाख २९ गते (बिहीबार) सम्म मात्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंकको सेयर कारोबार हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप