‘लाइफ इन एलए’ को यस्तो छ नयाँ गीत ‘उदाएर आयौ तिमी’
सुर्य एन श्रेष्ठ निर्देशित फिल्म ‘लाइफ इन एलए’ को ‘उदाएर आयौ तिमी’ बोलको गीत सार्वजनिक भएको छ । जेष्ठ ६ प्रदर्शन मिति तोकिएको फिल्मको गीतमा फिल्मका मुख्य कलाकार ब्यास विस्सु र अकेशा विष्टको अभिनय छ ।
प्रविसा अधिकारी र प्रताप दासको स्वर रहेको गीतमा प्रतिक पौडेलको संगीत छ ।
त्रिकोणात्मक प्रेमकथा ‘लाइफ इन एलए’ मा ब्यास विस्सु, आकेशा विस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, निलम चन्द, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड विलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय छ ।
एलिस कार्की र प्रतीक पौडेलको संगीत रहेको फिल्म व्यास इन्टरटेनमेन्टको प्रस्तुति ब्यास विस्सुले निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको फिल्मका दीपक वली एसोसिएट निर्देशक रहेका छन् ।
भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण