‘मायाको माया’ मा अनुपविक्रम र आनाको रोमान्स
अनुपविक्रम शाही र आना शर्माको रोमान्समा फिल्म ‘मायाको माया’ बन्ने भएको छ । रोहित करण वैद्यको निर्देशन रहने फिल्मको केही दिनअघि कार्यविनायक मन्दिरमा मुहूर्त गरिएको थियो । फिल्मको मुहूर्तको जानकारी अभिनेता अनुपविक्रमले सामाजिक सञ्जाल मार्फत गराएका थिए ।
फिल्ममा अहिले अभिनेता राजेश हमाल पनि जोडिएका छन् । फिल्मका लागि हमालसँग निर्माण युनिटले हालै सम्झौता गरेको बताइन्छ । थोरै कलाकार राखेर काम गर्न लागेको फिल्म अंग्रेजी भाषामा बन्ने चर्चा छ । निर्माण टिमले पहिले राजेश हमालले गरेको भूमिकाका लागि सौगात मल्ललाई पनि प्रस्ताव गरेको थियो । तर सौगात मल्लसँग पारिश्रमिक कुरा नमिलेपछि हमाल भित्रिएका हुन् । फिल्ममा हमालको भुमिका के भने अहिले गोप्य राखिएको छ ।
फिल्मको केही दिनमा सम्पूर्ण कलाकार र प्राविधिक जानकारी गराइने निर्माण युनिटको योजना रहेको फिल्मका एक सदस्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण