काठमाडौं महानगरको मत गणना फलामे जालीभित्र सिसी टिभीको निगरानीमा हुने (भिडियोसहित)
बिहीबार, २९ वैशाख २०७९, १९ : २५
शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतगणनाका लागि काठमाडौंको राष्ट्रिय सभा गृहमा तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय काठमाडौंले राष्ट्रिय सभागृहमा मतपत्रको सुरक्षाको लागि कडा सुरक्षा व्यवस्थाको तयारी गरेका हो । त्यसका लागि सभागृहमा पर्याप्त संख्यामा सिसिटिभी र फलामे तार जाली नै लगाइएको छ ।
काठमाडाैं महानगरका सवै वडाको मत गणना हुने सभागृहमा कुनै पनि किसिमको घटना हुन नदिने गरी जति सक्दो छिटो र पारदर्शी ढंगबाट मत गणनाको व्यवस्थाका लागि प्रशासन जुटेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल बताउछन् । विगतका निर्वाचनमा हुने गरेका त्रुटीहरू समेत हुन नदिने गरी काम भइरहेको प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालको भनाइ छ ।
यसै सम्बन्धमा तयार भिडियो रिपोर्ट :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना