सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढी उपमहानगरमा हमालको अग्रता कायमै

आइतबार, ०१ जेठ २०७९, १० : ०८
आइतबार, ०१ जेठ २०७९

कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार जम्मा २९५३ मत गणना हुँदा हमालले १३८६ मत प्राप्त गरेका हुन् । हमाल र नेपाली काँग्रेसका नृपबहादुर वडबीचको मतान्तर ५७९ रहेको छ । 

यसैगरी काँग्रेसका वडले ८०७ मत प्राप्त गरेका छन् । धनगढीमा नेकपा एमालेका रणबहादुर चन्दले १४३ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ माओवादी केन्द्रकी शान्ति अधिकारीले ६८१ मत प्राप्त गरेकी छन् । एमालेकी कन्दकला रानाले ३८४ र स्वतन्त्र उम्मेदवारले ३४० मत प्राप्त गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप