नेसनल आईसिटी अवार्ड २०२४ बाट डायनामिक टेक्नोसफ्ट सम्मानित
काठमाडौँ । नेसनल आईसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर–प्रोभिन्सियल) डायनामिक टेक्नोसफ्टले प्राप्त गरेको छ ।
नेशनल आईसीटी दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डायनामिक टेक्नोसफ्टलाई नेसनल आईसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर – प्रोभिन्सियल) प्रदान गरेको हो ।
वीरगन्जमा स्थापना भएर देशको सूचना प्रविधि क्षेत्रमा योगदान गर्ने डायनामिक टेक्नोसफ्टलाई सात वटै प्रदेशतर्फको नेशनल आईसीटी अवार्ड दिइएको हो ।
सन् २०१०मा स्थापना भएको कम्पनीले नेपाली र अन्तर्राष्ट्रिय बजारमा आईटीसम्बन्धी आफ्नो सेवाहरूका साथै सफ्टवेयर विकास र वेब सर्भिसेसहरु दिँदै आएको छ । कम्पनीको मुख्य कार्यालय वीरगन्जमा छ । काठमाडौँको बानेश्वरमा कर्पोरेट हाउस सञ्चालन छ । यस्तै इटहरी, बुटवल, पोखरामा र जनकपुरमा कम्पनीले शाखा विस्तार गरि सकेको छ । कम्पनीको ट्रेडिङ बिजनेस पनि सञ्चालनमा छ ।
डाइनामिक ग्रुप अन्तर्गतका कम्पनीहरू लाई नेपाल भारतको बजारमा मात्र सीमित नराखेर अन्य मुलुकमा पनि विस्तार गर्दै जाने कम्पनीको योजना रहेको कम्पनीका सञ्चालक तथा सीईओ दीपक साहले बताए । तत्काल भुटान, बङ्गलादेश लगायतका एसियाली मुलुकमा कम्पनीको शाखा विस्तार गर्ने योजना रहेको साहले जानकारी दिए ।
डाइनामिक टेकनोसफ्ट प्रालिमार्फत हाल चार वटा सफ्टवेयर प्रोडक्ट बजारमा उपलब्ध छन् । कम्पनीले स्कुल कलेज व्यवस्थापनको लागि डाइनामिक एकेडेमिक इआरपी, व्यवसायीक अफिस म्यानेजमेन्ड र विभिन्न संघसंस्थाको प्रयोगमा आउने डाइनामिक एकाउन्ट ईआरपी, एचआर र पेरोल सफ्टवेयर, डाइनामिक एएमएस जस्ता सफ्टवेयर डेभलपमेण्ट गर्छ ।
कम्पनीले विकास गरेका सफ्टवेयर ठुला व्यावसायिक घराना, उद्योग, हस्पिटल, विभिन्न व्यवसायी संघसस्था र स्कुलहरूले प्रयोग गरिरहेका छन् । विभिन्न संघसस्था र स्कुल कलेजहरू गरी अहिले कम्पनीसँग नियमित सेवाग्राही करिब दुई हजार बढी छन् । डाइनामिक ग्रुपले वार्षिक १५ करोड रुपैयाँको कारोबार गर्छ भने २ सय बढीलाई रोजगारी दिएको छ ।
विद्यालयलाई डिजिटलाइज गर्ने ध्येयका साथ कम्पनीले डाइनामिक एकेडेमिक इआरपी र यसको मोबाइल एपको विकास गरेर देशभरका एक हजारभन्दा बढी विद्यालयहरूलाई समेत सेवा दिइरहेका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
-
अमेरिका र इरानबिच युद्धविरामको सहमति : शुक्रबार औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण