आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमबार, २४ वैशाख २०८१, १० : ४०
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको छ ।  महासंघले आजको मूल्यसूची तय गर्दै हिजो आइतबारको तुलनामा तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ७५० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य समेत बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको जनाएको छ ।  यससँगै आज चाँदीको मूल्य प्रतितोला १६६० रुपैयाँ कायम छ । हिजो १६ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप