आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बागमती र गोकर्णेश्वरको उत्कृष्ट प्रदर्शन

सोमबार, २४ वैशाख २०८१, १० : २२
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका समूहमा शीर्ष स्थानसहित ‘प्रथम प्रज्ञा स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो चरणमा प्रवेश गर्ने क्रममा गोकर्णेश्वरले लिखु तामाकोशी गाउँपालिकालाई २५–२०, २५–१६ र बेथानचोक गाउँ पालिकालाई २५–१७, २५–१९ अंकले हरायो । 

समूहमा समान दुई जितसहित माडी नगरपालिकाले गोकर्णेश्वरलाई पछ्याइरहेको छ । माडी र गोकर्णेश्वरले समान प्रतिद्वन्द्वीलाई हराए पनि गोकर्णेश्वरले दुवै खेल सोझो सेटमा तथा माडीले अन्तिम सेटमा जितेका हुन् । 

अर्को समूहमा मकवानपुरको बागमती गाउँपालिका बलियो अवस्थामा छ । बागमतीले समूहमा रहेका खाँडादेवी गाउँपालिका र पनौती नगरपालिकालाई हराएको हो । पनौतीले तीनवटै खेलमा पराजयको सामना गरेको छ । 

खाँडादेवी गाउँपालिकाले पनि दुई जित हात पारेको छ ा । खाँडादेवीले तारकेश्वर नगरपालिका र पनौतीलाई हराएको हो । उक्त समूहमा बागमती र खाँडादेवी बलियो अवस्थामा छन् । थाहा नगरपालिका पनि दोस्रो चरणको नजिक पुगेको छ । 

थाहा नगरपालिकाले समूहको दुवै खेलमा जित हात पारेको हो । उक्त समूहमा रहेको घरेलु टोली महाकाल ‘बी’ दुवै खेलमा पराजित भएको छ । उक्त समूहमा रहेका ह्याङ्ले गाउँपालिका र भरतपुर नगरपालिकाले एक–एक जित हात पारेका छन् । 

हेटौडा महानगरपालिकाले भने दुई जित हात पारेको छ । उक्त समूहमा रहेका जुगल गाउँपालिका र महाकाल गाउँपालिकाले समान एक–एक जित हात पारेका छन् । लिग कम नकआउटको आधारमा जारी उक्त प्रतियोगिताको पहिलो चरणमा समूहमा शीर्ष दुई स्थान पाउने टोली क्वार्टरफाइनल प्रवेश गर्नेछन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ को छोरी ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको सह–आयोजनामा प्रतियोगिता भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप