गायक राजु लामाले गरे सर्वोच्च शिखर आरोहण
सोमबार, ०२ जेठ २०७९, १२ : १७
गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । उनी सोमबार बिहान सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुन् । इम्याजिन नेपाल एक्सपिडिसनले आफ्नो टिमले बिहान ४ बजेदेखि ६ बजेर ४० मिनेटसम्म सबै जना सगरमाथाको चुचुरोमा पुगेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको छ ।
इम्याजिन नेपाल एक्सपिडिसनका तर्फबाट २७ जनाले सगरमाथा चुमेका छन् । आरोहण दलको नेतृत्व मिङ्मा जीले गरेका थिए । उनले भने अक्सिजनबिनै चुचुरो चढेको जनाइएको छ । इम्याजिन नेपाल एक्सपिडिसन ग्रुपमा नेपाल, चीन, अष्ट्रेलिया, रुस लगायतका आरोही सहभागि छन् ।
जलवायु परिवर्तनको असरबारे सन्देश दिन सर्वोच्च शिखर चढेका लामाले सगरमाथाको ६,५७४ मिटर उचाइमा एक कन्सर्ट समेत गरेका थिए । लामा चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका गायक हुन् । उनका थुप्रै गीत नेपाली सांगीतिक आकाशमा हिट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण