रुकुम पश्चिमको सानीभेरीमा काँग्रेस–एमालेको गठबन्धन बन्दा पनि माओवादीले जित्यो
सोमबार, ०२ जेठ २०७९, १२ : ३७
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका विर्खबहादुर विष्ट निर्वाचित भएका छन्। विष्टले ६ हजार १९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । काँग्रेसबाट अध्यक्षका उम्मेदवार गोरख चन्दले ४ हजार ३२० मत ल्याएका छन्। उपाध्यक्षमा माओवादी केन्द्रकै कमला रोका निर्वाचित भएकी छन्। उनले ५ हजार ९५८ मत ल्याएकी छन्। एमालेबाट उपाध्यक्षका उम्मेदवार प्रकाश खड्काले ३४२० मत ल्याएका छन्। सानीभेरी गाउँपालिकामा नेकपा एमाले र नेपाली काँगैसबीच गठबन्धन थियो ।