ओखलढुंगामा एमाले सांसद सुनुवारको गृह वडामा काँग्रेस विजयी
सोमबार, ०२ जेठ २०७९, २० : १९
ओखलढुंगाका एमाले सांसद यज्ञराज सुनुवारको गृह वडाको वडाध्यक्ष काँग्रेसले जितेको छ । सोमबार मोलुग गाउपालिका वडा नम्बर ५ मा भएको मत गणनामा काँग्रेसका गोपी कार्की विजयी भएका हुन् ।
कार्कीले ३८४ मत ल्याएर विजयी बन्दा एमालेका गोपाल नेपालले ३७० मत मात्र ल्याए । मोलुग सांसद सुनुवारको गृह वडा हो । आठ वटा वडा रहेको मोलुग गाउपालिकामा हालसम्म १ मा एमालेका कमल वानिया, २ मा काँग्रेसका टंक बहादुर कार्की,३ मा एमालेका मित्र सुनुवार, ४ मा काँग्रेसका भोलाराज राई, ५ मा काँग्रेसका कार्की विजयी भएका हुन् ।
त्यस्तै ७ र ८ मा एमालेकै हेमबहादुर सुनुवार र सुधीर राई निर्वाचित भैसकेका छन् । वडान ६ को मतगणना जारी छ । पालिका अध्यक्षमा काँग्रेसका राजन दाहाल र एमलेका उत्तम राई प्रतिस्पर्धामा भएपनि करिव ५ सय मतले राई अघि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशजना शेर्पाको टोली एकैसाथ सगरमाथाको चुचुरोमा
-
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा समेत बिचौलियाको बिगबिगी
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता