
उत्तरगया गाउँपालिकामा एमालेका उम्मेदवार विजयी

स्थानीय तह निर्वाचनअन्तर्गत उत्तरगया गाउँपालिकाको मत परिणाम घोषणा भएको छ । प्राप्त परिणामअनुसार नेकपा एमालेका उम्मेदवार माधवप्रसाद अर्यालले दुई हजार ९९९ मत प्राप्त गरी गाउँपालिकाको अध्यक्ष पदमा विजय हासिल गरेका छन् । अध्यक्ष पदमा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र लम्सालले दुई हजार ५६० मत प्राप्त गरे । यसअघि लम्साल सोही गाउँपालिकाको अध्यक्ष पदमा थिए ।
गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार चमेली गुरुङले तीन हजार १३४ प्राप्त गरी विजयी भइन् । उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सुनिता गुरुङले दुई हजार ४३४ मत प्राप्त गरेकी थिइन्। यस्तै उक्त गाउँपालिकाको पाँचवटा वडामध्ये १, २ र ३ वडामा नेकपा एमालेका उम्मेदवार क्रमशः मारसिंह तामाङ, टुकुप्रसाद सुवेदी, लालबहादुर तामाङ एवं वडा नं ४ मा नेपाली कांग्रेसका अमरबहादुर बुलुन र वडा नं ५ मा नेकपा माओवादी केन्द्रका यमप्रसाद आचार्य विजयी भएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ