ओखलढुंगाको मोलुङ गाउँपालिकामा एमाले विजयी
मङ्गलबार, ०३ जेठ २०७९, ०८ : ३९
मोलुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । पालिका अध्यक्षमा उत्तम राई ४ हजार ५२ मत ल्याउदै विजयी भएका हुन् । राईका निकटतम प्रतिस्पर्धी काँग्रेसका राजन दाहालले ३४ सय ६२ मत मात्र ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा पनि एमालेकै उर्मिला खतिवडाले ४२ सय मत ल्याएर विजयी भइन् । खतिवडाका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका कुलबहादुर खत्रीले २ हजार ९६ मत ल्याएका छन् ।
आठ वटा वडा रहेको मोलुङ गाउँपालिकाको १ मा एमालेका कमल वानिँया, २ मा काँग्रेसका टंक बहादुर कार्की,३ मा एमालेका मित्र सुनुवार, ४ मा काँग्रेसका भोलाराज राई, ५ मा काँग्रेसका कार्की विजयी भएका हुन् । त्यस्तै ६,७ र ८ मा एमालेकै कमल तामाग, हेमबहादुर सुनुवार र सुधीर राई निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा