सिन्धुपाल्चोकका कुन पालिकामा को विजयी ?
सिन्धुपाल्चोकका तीन पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार २ मा नेपाली काँग्रेस र एकमा नेकपा माओवादी केन्द्र विजयी भएका छन् ।
बाह्रबिसेमा काँग्रेस विजयी
बाह्रबिसे नगरपालिकाको प्रमुखमा काँग्रेसका उम्मेदवार बालकृष्ण बस्नेतले सात हजार ७२८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का निमफुञ्जो शेर्पाले पाँच हजार ४३३ मत प्राप्त गरे । यसैगरी उपप्रमुखमा काँग्रेसका मन्जु तामाङले छ हजार ९७७ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका सुशीला पाख्रिनले पाँच हजार ९९० मत प्राप्त गरेका थिए ।
बलेफिमा माओवादी विजयी
बलेफी गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार गङ्गाबहादुर तामाङले चार हजार ६६६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी काँग्रेसका सुवास तिमल्सिनाले चार हजार १०५ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्षमा काँग्रेसकी सरु लामा तामाङले चार हजार ३९४ मत ल्याएर विजयी भइन् ।
हेलम्बुमा काँग्रेस विजयी भएको छ । पाँचपोखरी, इन्द्रावती र मेलम्चीमा एमाले र चौतारा नगर, लिसङ्खुपाखर, जुगलमा माओवादी अघि छ । सुनकोसी, त्रिपुरासुन्दरी गाउँपालिकामा काँग्रेस अघि छ ।
भोटेकोसीमा काँग्रेस विजयी
भोटेकोसी गाउँपालिकामा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा काँग्रेसका पासाङनोर्बु लामा दुई हजार ६०५ मत र उपाध्यक्षमा दुई हजार ७१२ मत ल्याएर दिछेन शेर्पा विजयी भएका छन् । उनीहरुका निकटतम प्रतिद्वन्द्वी एमालेका अमृत खड्का दुई हजार ४८ र सुन्तलीमाया श्रेष्ठले दुई हजार ५५३ मत प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न