यस्तो छ फिल्म ‘लाइफ इन एलए’ को नयाँ गीत
आगामी शुक्रबार अर्थात ६ जेठबाट प्रदर्शनमा आउने फिल्म ‘लाइफ इन एलए’ को नयाँ गीत सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको थप प्रचारप्रसारमा सहयोग पुग्ने हिसाबले यो गीत सार्वजनिक गरेको हो ।
‘बसन’ बोल रहेको सार्वजनिक गीतमा बियोगका पीडा देख्न सकिन्छ । आर्यन पाठकको शब्द, संगीत र स्वर रहेको गीतमा फिल्मका कलाकार ब्यास बिस्सु र अभिनेत्री अकेशा विष्टको अभिनय छ ।
फिल्ममा ब्यास र अकेशाको अलवा शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय छ । विभिन्न बहानामा अमेरिका पुगेका नेपालीको कथामा निर्माण भएको फिल्म सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् ।
ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मका निर्माता अभिनेता ब्यास नै हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा राजेन्द्र ठकुराथी पनि निर्माताको रुपमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण