पर्साको जिराभवानीमा काँग्रेसका उम्मेदवार निर्वाचित
बुधबार, ०४ जेठ २०७९, ०० : ३६
पर्साको जिराभवानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा अनोज चौधरी ४ हजार ५ सय ६० र उपाध्यक्षमा रेखा चौधरी ४ हजार ७१० मत ल्याएर निर्वाचित भएका हुन् ।
मंगलबार सार्वजनिक मत परिणाम अनुसार अनोजले निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामप्रितलाई हराएका हुन् । रामप्रीतले तीन हजार २९९ मत पाएका छन् । त्यस्तै उपाध्यक्षका निर्वाचित रेखाले एमालेका उषादेवी थरुनीलाई पराजित गरेकी हुन् । उषाले २९ सय ६५ मत पाउँदा रेखाले ४ हजार ७१० मत पाएर निर्वाचित भएकी हुन् ।