सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

जीतपुर सिमरामा गठबन्धनका उम्मेदवार १६ सय मतले अगाडि

बुधबार, ०४ जेठ २०७९, १० : ५६
बुधबार, ०४ जेठ २०७९

जीतपुर सिमरा उपमहानगरमा जारी मतगणनामा गठबन्धनका उम्मेदवार राजन पौडेलले एक हजार ६ सय मतले अगाडि देखिएका छन् । प्रमुखका उम्मेदवार पौडेलले १७ हजार ७४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिष्पर्धा सरस्वती चौधरीले १५ हजार ४३६ मत ल्याएकी छन् ।

पौडेलले एमालेकी चौधरीभन्दा एक हजार ६ सय मत बढी ल्याएका छन् । त्यसैगरी उपप्रमुखमा गठबन्धनकी उम्मेदवार मेघा शाहीलाई उछिन्दै एमालेका उम्मेदवार भोला अधिकारी ७२२ मतले अगाडि देखिएका छन् । एमालेका उम्मेदवार अधिकारीले १५ हजार ६०६ मत ल्याएका छन् भने शाहीले १४ हजार ८८४ मत ल्याएकी छन् ।

२४ वटा वडा रहेको जीतपुर सिमरा उपमहानगरमा हालसम्म २१ वडाकाे गणना भइसकेको छ भने बाँकी ३ वडा गणना भइरहेको  छ । हालसम्म घोषित नतिजामा नेकपा एमाले १०, नेपाली काँग्रेस ५, नेकपा माओवादी केन्द्र ४, नेकपा एस र लोसपा एक/एक वडामा विजयी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप