आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जोर्डनले गर्‍यो गाजामा ५ वटा एयरड्रप सहायता प्रदान

सोमबार, २४ वैशाख २०८१, १४ : ५०
सोमबार, २४ वैशाख २०८१

अम्मान । जोर्डन सशस्त्र सेना–अरब सेनाले आइतबार उत्तरी गाजा पट्टीका विभिन्न स्थानमा मानवीय र खाद्य सहायताका पाँचवटा एयर ड्रप गरेको बताएको छ ।

हवाई ड्रपमा गाजा पट्टीका मानिसलाई सहयोग गर्न राहत र मानवीय सहायता समावेश भएको राज्य सञ्चालित पेट्रा समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।

अपरेशनमा रोयल जोर्डन एयर फोर्स, इजिप्ट, संयुक्त राज्य अमेरिका र जर्मनीका विमानहरू सामेल थिए । सशस्त्र बलले हवाई पुलमार्फत मानवीय र चिकित्सा सहायता पठाउन जारी राख्ने भनेको छ ।

जोर्डन सशस्त्र बलले हालको प्यालेस्टिन–इजरायली द्वन्द्व सुरु भएदेखि ९२ एयरड्रप सञ्चालन गर्नुका साथै अन्य देशसँगको सहकार्यमा दुई सय ३१ एयरड्रप सञ्चालन गरेको छ । -(रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप