जोर्डनले गर्यो गाजामा ५ वटा एयरड्रप सहायता प्रदान
सोमबार, २४ वैशाख २०८१, १४ : ५०
अम्मान । जोर्डन सशस्त्र सेना–अरब सेनाले आइतबार उत्तरी गाजा पट्टीका विभिन्न स्थानमा मानवीय र खाद्य सहायताका पाँचवटा एयर ड्रप गरेको बताएको छ ।
हवाई ड्रपमा गाजा पट्टीका मानिसलाई सहयोग गर्न राहत र मानवीय सहायता समावेश भएको राज्य सञ्चालित पेट्रा समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।
अपरेशनमा रोयल जोर्डन एयर फोर्स, इजिप्ट, संयुक्त राज्य अमेरिका र जर्मनीका विमानहरू सामेल थिए । सशस्त्र बलले हवाई पुलमार्फत मानवीय र चिकित्सा सहायता पठाउन जारी राख्ने भनेको छ ।
जोर्डन सशस्त्र बलले हालको प्यालेस्टिन–इजरायली द्वन्द्व सुरु भएदेखि ९२ एयरड्रप सञ्चालन गर्नुका साथै अन्य देशसँगको सहकार्यमा दुई सय ३१ एयरड्रप सञ्चालन गरेको छ । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण