हिरासत छल्नबाट रोक्न गृह मन्त्रालयको ३ बुँदे निर्देशन

काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ३ बुँदै निर्देशन दिएका छन् । अनुसन्धानका लागि पक्राउ गरिएकाहरू अस्पतालमा बसेर हिरासत छल्ने गरेकोमा जनस्तरबाट नै प्रश्न उठ्ने गरेको छ ।
सोमबार छामिछानेले निर्देशन जारी गर्दै दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न निर्देशन गरेका छन् । अस्पताल लैजानुपर्ने विकल्पको रूपमा हिरासतमा नै सरकारी अस्पताल वा मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने वा नपर्नेबारे निर्णय लिन निर्देशन दिइएको छ ।
त्यस्तै अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा धेरै राख्नुपरेमा कारण खुलाउन भनिएको छ । मन्त्रालयले चैत १३ मा मेडिकल काउन्सिललाई त्यसबारे अध्ययन गरेर प्रतिवेदन बुझाउन भनेको थियो ।
सो प्रतिवेदनको आधारमा ३ बुँदे निर्देशन जारी गरिएको उपप्रधान एवं गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा
-
प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई उपेक्षा, कुन प्रदेशको बजेट कस्तो ?
-
तीन प्रदेशका १५ अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार
-
बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँ: सांसद यादव
-
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो
-
मार्क्स र लेलिनले देखेको ‘कम्युन’को सपना ओशो तपोवनमा साकार : स्वामी आनन्द अरुण