शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार ६ हजार मतले अगाडि

बुधबार, ०४ जेठ २०७९, ११ : ४१
बुधबार, ०४ जेठ २०७९

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहले १० हजार ९९४ मत ल्याएका छन् । सिंहका निकटतम प्रतिष्पर्धा नेकपा एमालेका बिजय सरावगीले ५ हजार १११ मत प्राप्त गरेका छन् । महानगर प्रमुखमा एमालेका सरावगी भन्दा गठबन्धनका उम्मेदवार सिंहले ५ हजार ८८३  मतले अगाडि छन् । साथै प्रमुखमा राप्रपाका उम्मेदवार गिरीश गिरीले ४२२ मत ल्याएका छन् । 

त्यसैगरी महानगर उपप्रमुखमा गठबन्धनका उम्मेदवार इम्तियाज आलमले  ७ हजार ६२६ मत ल्याएका छन् भने एमालेसँग गठबन्धन गरेको लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले १ हजार २७५ मत प्राप्त गरेका छन् । महानगर उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले ८८४ र राप्रपाकी उम्मेदवार बिना जयसवालले ६९० मत ल्याएकी छन् । ३२ वटा वडा रहेको वीरगञ्ज महानगरमा हालसम्म  १,२,३,४,५,२९,३०,३१ र ३२ गरी ९ वटा वडाको मतगणना भइसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप