आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

गायिका अस्मिता अधिकारीलाई छिन्नलता गीत पुरस्कार

बुधबार, ०४ जेठ २०७९, १५ : २०
बुधबार, ०४ जेठ २०७९

गायिका अस्मिता अधिकारी ‘छिन्नलता गीत पुरस्कार’ बाट सम्मानित हुने भएकी छन् । उनले छिन्नलता नव प्रतिभा पुरस्कार प्राप्त गर्न लागेकी हुन् । गीत संगीतका हस्तिहरुले प्राप्त गर्दै आएको यो पुरस्कार आफुले पनि प्राप्त गर्न लागेकोमा उनले सामाजिक संजाल मार्फत खुसी ब्यक्त गरेकी छन् ।

‘छिन्नलता प्रतिभा पुरस्कार मार्फत सम्मानित हुन लागेको थाहा पाउँदा एकछिन त कस्तो अवाक नै भएँ’ उनले लेखेकी छन् ‘नेपाली संगीत जगतको यति ठुलो सम्मान मेरो लागि यो क्षेत्रमा अझै अगाडि बढ्न ठुलो प्रेरणा हुनेछ ।’ उनले आफ्नो अहिलेसम्मको यात्रामा सहयोग गर्नेलाई समेत धन्यवाद दिएकी छन् ।

पछिल्लो दुई वर्षदेखि हुन नसकेको पुरस्कार यो बर्ष बितरण गर्न लागिएको हो । यो पुरस्कार अहिलेसम्म नीर शाह, अम्बर गुरुङ, नातिकाजी, तारादेवी, कुन्ती मोक्तान, पशुपति शर्मा लगायतले प्राप्त गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप