शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरमा नागेश कोइरालाको मतान्तर ३७८५

बुधबार, ०४ जेठ २०७९, १८ : १४
बुधबार, ०४ जेठ २०७९

 विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि नागेश कोइरालाले मतान्तर बढाउँदै लगेका छन् । उनको मतान्तर ३ हजार ७ सय ८५ पुगेको छ । भर्खरै सार्वजनिक विवरण अनुसार कांग्रेसका कोइरालालाई १५ हजार २ सय १३ मत ल्याउँदा एमालेका सागर थापाले ११ हजार ४ सय २८ मत ल्याएका छन् । यस्तै राप्रपाका उम्मेदवार प्रह्लाद प्रसाद साहको ३ हजार ५२ र स्वतन्त्र उम्मेदवार उमेश यादवको ४ हजार ७ सय २८ मत रहेको छ । 
यस्तै उपप्रमुखमा भने एमालेकी शिल्पा कार्कीले ५ हजारभन्दा बढी मतले गठबन्धनका उम्मेदवार अमरेन्द्र यादवलाई उछिनेकी छिन् । उनको मत हालसम्म १३ हजार ८० रहेको छ । गठबन्धनका उम्मेदवार यादवको मत ७ हजार ८ सय ५६ रहेको छ । उपप्रमुखमै राप्रपाकी विन्दा लुइँटेलको मत ३ हजार ७ सय २२ रहेको छ भने स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले २ हजार ७ सय ३९ मत ल्याएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप