झलनाथको आक्रोश : काँग्रेस र माओवादीले भोटर मात्रै बनाए
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादीले आफूहरूलाई भोटर मात्रै बनाएको टिप्पणी गरेका छन्। रातोपाटीसँगको कुराकानीमा खनालले आफूहरूले काँग्रेस र माओवादीलाई मत हाले पनि उनीहरुले एकीकृत समाजवादीलाई मत नै नहालेको बताएका छन्।
‘अधिकांश स्थानीय तहमा काँग्रेसले कतै एमाले कतै माओवादीसँग तालमेल गरेको पाइयो। माओवादीले कतै एमाले कतै काँग्रेससँग तालमेल गरेको पाइयो’ रातोपाटीसँग कुरा गर्दै खनालले भने, ‘हामीले धेरै ठाउँमा उम्मेदवारै उठाउन पाएनौँ । धेरै ठाउँमा काँग्रेस माओवादीका मात्रै भए। ती ठाउँमा हामी विवश भएर उनीहरूलाई मत हाल्नु पर्यो। हामीलाई नितान्त भोटर बनाइयो।’ चुनावमा काँग्रेस र माओवादीबीच मोर्चाबन्दी जस्तै देखिएको बताउँदै खनालले गठबन्धनको खासै अर्थ नदेखिएको बताए। ‘काँग्रेस र माओवादी केन्द्रबीच मोर्चा जस्तै देखियो। गठबन्धनको खासै अर्थ देखिएन। गठबन्धनका अन्य पार्टी किन काँग्रेस कि माओवादीको भोटर मात्रै भयौँ।’ खनालले भने, ‘स्थानीय निर्वाचनमा वास्तवमा परिणाम सुखद भएन। यो गठबन्धन भएन। काँग्रेस र माओवादीले सिनस्यािरिटी देखाएनन्।’ स्थानीय चुनावको परिणाम सकिए लगतै पार्टी बैठक बसेर समीक्षा गरी निष्कर्ष निकालिने खनालले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण