शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा खेलराज र सावित्राको अग्रता कायमै

बिहीबार, ०५ जेठ २०७९, ०९ : ४०
बिहीबार, ०५ जेठ २०७९

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका खेलराज पाण्डेले अग्रता  कायम राख्दै लगेका छन् । एमालेको पकड भएको वडाहरूमा समेत  गणना हुँदा पाण्डेको मत घटेको छैन । पछिल्लो  विवरण अनुसार पाण्डेले ५१ सय बढीको मतान्तर बनाउँदै अग्रता कायम राखेका छन् ।

पाण्डेले १७ हजार ३६ मत ल्याएका छन् भने एमालेका बाबुराम भट्टराईले ११ हजार ९१३ मत ल्याएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्र कुमार शेरचनले २७५० मत ल्याएका छन् ।

बुटवल  गठबन्धन तर्फबाट उपमेयर  चीन बहादुर गुरुङ्ग भने सुरु देखि नै पछाडि छन् । एमालेकी सावित्रा देवी अर्यालको अग्रता कायमै छ। अर्यालले १३ हजार १६४ मत ल्याएकी छन्। नेकपा एकीकृत समाजवादीका गुरुङले ९ हजार ५०४ मत ल्याएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी भगवती पाण्डेले ३९५१ मत ल्याएकी छन् । बुटवलमा अब ९र १३ वडाको गणना चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप