आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

अपडेटः रेनु दाहालले लिइन् ३२५८ मतको अग्रता

बिहीबार, ०५ जेठ २०७९, १४ : ३८
बिहीबार, ०५ जेठ २०७९

भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ४२७५०  गणना हुँदा अग्रता थप बढाएकी छन् । उनले १६२३५ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदी १२९७७ मतका साथ पछिपछि रहेका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर ३२५८ रहेको छ । 

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६६८७ मत पाएका छन् । उपमेयरमा चित्रसेन अधिकारीले १८७७६  मत पाउँदा राप्रपाकी हिमला गुरुङले १०४१९ मत पाएकी छन् । अहिले वडा नम्बर ९ को गणना भइरहेको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप