गीतकार उपाध्यायले पाए अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेन्स’
बिहीबार, ०५ जेठ २०७९, १८ : २९
कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायले अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेन्स’ प्राप्त गरेका छन् । उनलाई सो पुरस्कार ग्लोब इगल विश्वविद्यालयका प्रमुख कार्यकारी डा.जशवीर सिंहले प्रदान गरेका हुन् ।
एक तस्बिर शेयर गर्दै गीतकार उपाध्यायले समाजिक सञ्जालमार्फत पुरस्कारको जानकारी दिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडनको हस्ताक्षर रहेको यो पुरस्कार निकै सम्मानित पुरस्कार मानिन्छ । डा.उपाध्याय स्वास्थ्य समस्याको कारण पुरस्कार समारोहमा सहभागी हुन नपाएकोले अहिले ग्लोब इगलका सिंहमार्फत पुरस्कार लिएका हुन् ।
गीतसंगीत तथा विविध विधामा गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित १०८ विश्व कीर्तिमान कायम गरेका उपाध्यायले पुरस्कारले थप हौसला मिलेको बताए । डा.उपाध्यायका सयौँ गीत र दर्जनौ पुस्तक बाहिर आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण