आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

६८४ स्थानीय तहको नतिजा घोषणा, काँग्रेसले ३ सतक कटायो

शनिबार, ०७ जेठ २०७९, ०७ : ०५
शनिबार, ०७ जेठ २०७९

स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनाबाट ६८४ स्थानीय तहको अन्तिम नतिजा घोषण भएको छ । कुल ७५३ स्थानीय तहमध्ये सो संख्यामा नतिजा घोषणा भएको हो । 
शनिबार बिहानसम्म महानगर, उपमहानगर र नगरपालिकाको प्रमुख पदमा २३७ जनप्रतिनिधि विजयी भएका छन् भने गाउँपालिकाको अध्यक्ष ४४६ जनप्रतिनिधि विजयी भएका छन् ।  यी स्थानीय तहमा सबै वडाध्यक्षदेखि सदस्यसम्मका पदमा निर्वाचित भइसकेका छन् । 

नतिजाअनुसार नेपाली काँग्रेस पहिलो स्थानमा रहेको छ । काँग्रेसले स्थानीय तहको प्रमुख तथा अध्यक्षमा जितको संख्या ३ सतक कटाइसकेको छ । आइतबार बिहानसम्म काँग्रेसले ११९ प्रमुख र १८४ गाउँपालिका अध्यक्ष जितेर ३ सतक कटाएको हो । 

यस्तै एमाले दोस्रो स्थानमा रहेको छ भने माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । एक साताअघि देखि सुरु मतगणना अझै जारी रहेको छ । बाँकी स्थानीय तहको नतिजा पनि अधिकांश स्थानमा अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप