शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको मतगणनामा केशव स्थापितलाई सिर्जनाले उछिनिन्

शनिबार, ०७ जेठ २०७९, १४ : १३
शनिबार, ०७ जेठ २०७९

काठमाडौं महानगरपालिकाका जारी मतगणनामा पहिलो स्थानमा स्वतन्त्र उम्मेदवार बालेन शाह (बालेन्द्र साह) को अग्रता कायमै रहेपनि दोस्रो स्थानमा भने एमालेका उम्मेदवार केशव स्थापित र काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । 

केशव स्थापितले जारी मतगणनामा अग्रता लिँदै आएकोमा शनिबार दिउँसोको ताजा मतपरिणामअनुसार सिर्जनाले अग्रता लिएकी छन् । 
मेयरका उम्मेदवार स्थापितले १७ हजार ६७८ मत पाउँदा सिर्जनाले १७ हजार ७०२  मत पाएकी छन् । सिर्जनाले २४ मतले अग्रता बनाएकी हुन् । 

यसैगरी स्वतन्त्र उम्मेदवार बालेन शाहले ३२ हजार ९७८ मत पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनामा समावेश वडाहरुमा १ देखि १० र २४ देखि ३२ नम्बर सम्मका रहेका छन् । यस्तै हालसम्म परिणाम घोषणा भएका वडाहरुमा १ देखि ६ तथा ८,  २८ र २९ नम्बर रहेका छन्।  

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप