इलाम–२ उपनिर्वाचन : कुन पालिकाबाट कति मत झर्यो ?
विराटनगर । इलाम–२ को उपनिर्वाचनमा झन्डै ६० प्रतिशत मतदान भएको छ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि इलाम नगरपालिकाको ११ वटा वडा, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ३ वटा वडाका १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ जनाले मतदान गरेका हुन् ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार इलामका ११ वटा वडाका ३२ हजार ४४१ जना मतदातामध्ये २० हजार ६६५ अर्थात् ६३.७० प्रतिशतले मतदान गरेका छन् । यस्तै देउमाई नगरपालिकाका २७ हजार ९६९ मतदातामध्ये १५ हजार ९८० जनाले अर्थात् ५७.१३ प्रतिशतले मतदान गरे ।
यस्तै फाकफोकथुम गाउँपालिकाका १६ हजार ३०२ मतदातामध्ये ९ हजार ६०४ (५८.९१ प्रतिशत), माङ्सेबुङ गाउँपालिकाको १२ हजार ५६३ मतदातामध्ये ७ हजार २०३ (५७.४८ प्रतिशत), चुलाचुली गाउँपालिकाका १८ हजार ५४५ मतदातामध्ये ११ हजार १९८ (६०.३८ प्रतिशत) र माई नगरपालिकाको ६, ७ र ८ नम्बर वडाको ८ हजार ९६ मतदातामध्ये ४ हजार ६३४ (५७.२४ प्रतिशत) ले मतदान गरेका छन् । उपलब्ध तथ्याङ्कले सबैभन्दा बढी मतदान भने इलाम नगरपालिकाबाट भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण